सरकारमा सहभागी मिसन २०८४ को लागि होः सचिव अर्याल

सागर महत ,अर्घाखाँची ।
नेकपा एमालेकी सचिव पद्मा अर्यालले आफुहरु सरकारमा सहभागी भएर ठूलो उपलब्धि गराउला भन्ने उदेश्य नभएको बताउनुभएको छ।यसको पाइलामा टेकेर मिसन २०८४सफल बनाउने हो।यो अभियान सफल पार्नको लागि यो सरकारको भुमिका पनि हुने बताउनुभएको छ ।नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको सन्धिखर्कमा उद्घाटन गर्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो ।


बहुमत सहित पाटी निर्माण गर्ने अभियानमा अहिले हामीहरु जुटेका छौं त्यो अवश्व पनि सफल हुन्छ ।यो सरकारको आयु पनि चुनाव सम्मको हो ।बिचमा दायाँ बाया हुँदैन सोहि अनुसारको समिकरण बनेको हो ।गएको संघको निर्वाचनमा आन्तरिक कारणले ४३ ठाउँमा एमालेले हारेको विषयमा पनि समिक्षा भएको छ ।त्यसको परिणाम पनि आगामी चुनावबाट पुर्ती हुने छ ।

यस्तै फरक विषयमा बोल्दै उहाँले मुलकका प्रमुख शक्ती नेकपा एमाले र नेपाली कांग्रेस भएकाले यि बाहेकका वैकल्पीक शक्ती भनेका आज आउने भोली हराउने जस्ता हुन ।अब सोहि अनुसारले जनताले विश्वास गर्ने समय आएको समेत भनाइ छ ।
अधिबेशनमा पार्टी पोलिट ब्यरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरी ले एमालेले जितेका पालिका ,वडाले परिणाम मुखी काम गर्न आवश्यक भएको बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरे ,पार्टी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेंल, केन्दिय सदस्य तथा लुम्बिनी प्रदेशकाअर्थ मन्त्री चेतनारायण आचार्य, केन्द्रिय सदस्य बोम बहादुर बिकले उदघाट सत्रमा सुभकामना मन्तव्य राख्दै अब आउने नेतृत्वले थप संगठनलाई चलाएमान गराउने उपेक्षा राख्दै सुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले अर्घाखाँचीले ९० सदस्य जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनुभयो ।यस्तै आफ्नो कार्यकालमा स्थानीय सरकार,प्रदेश सरकार र संघ सरकारको निर्वाचनमा राम्रो परिणाम ल्याउन सफल भएको बताउनुभयो ।

जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता,उपाध्यक्ष ईश्वरा पोखरेलको स्वागत मन्तव्य सचिव विद्यान रायमाझीको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।अहिले बन्द सत्र चलि रहेको छ ।सके सम्म सहमतीको आधारमा नेतृत्व चयन गर्ने बताएको छ ।यदि कुनै कारण बहस सहमती नभएमा निर्वाचन हुने जनाएको छ ।२ दिन सम्म चल्ने अधिवेशनमा ५सय६६ प्रतिनिधि छनोट भएर आएका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close