अर्घाखाँचीबाट बिरामी लगेर बुटवल जाँदै गरेको एम्वुलेन्सले ठक्कर दिदा १ जनाको मृत्यु,२ गम्भिर घाईते

रुपन्देही।बुटवलको बेलबासमा एम्वुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीबाट बिरामी लिएर बुटवल तर्फ जादै गरेको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुल नजिकै ठक्कर दिदा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि थप दुई जना गम्भिर घाईते छन्।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएको थियो ।

दुर्घटनाका घाईतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close