पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा ।पाल्पामा जिप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नम्बर ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुधवार साँझ ५ः ४५ बजे नवलपुरको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिकावडा नम्बर ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको डबल क्याप पिकअप जिप दुर्घटना भएको थियो।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुबैजनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

प्रहरीका अनुसार जिपका चालकसहित अन्य ११ जनाको अवस्था भने सामान्य रहेको छ। घाइते सबैको उपचार पाल्पामा भइरहेको छ।घुम्ती कच्ची र उकालो सडकमा जिपको स्टार्ट बन्द भएपछि ब्याक भई ब्रेक नलागेपछि दुर्घटनामा परेको स्थानीयले बताएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close