अर्घाखाँचीमा बस दुर्घटनामा मृत्यु भएका परिवारको सम्झनामा २ लाख बढीको अक्षय कोष स्थापना

सन्धिखर्क ।अर्घाखाँचीमा एक शिक्षकले छात्रवृत्तिको लागि २ लाख ५२हजार २सय५२ रुपँयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्गला, आदित्यपुर निवासी नारायण आाचार्यले सोहि ठाउँमा रहेको जीवनोद्धार माध्यमिक विद्यालयका उक्त अक्षय कोष स्थापना गरेको महेश्वर पन्थीले जानकारी दिनुभयो ।
२०७१ साल बैसाख १७ गते बस दुर्घटनामा परी मृत्यु भएका हजुरआमा शान्तादेवी आचार्य ,बुबा जनार्दन आचार्य, आमा मिना आचार्य र डा.दाजु विष्णु आचार्यको पूण्यस्मृतिमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताएको छ । अर्घाखाँचीको सरमुकाम सन्धिखर्कबाट तीर्थाटनको लागि छुटेको बस विपरित दिशाबाट आउँदै गरेको ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोकिन पुग्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतमा सो दुर्घटना भएको थियो ।
सोहि दुर्घटनामा १९ जनाको घटनास्थलमा मृत्यु भएको थियो । ट्रकमा रहेका भरि सिलिन्डरले लाग्न पुग्दा यति ठूलो सङ्ख्यामा मृत्यु भएको थियो ।
सोही दुर्घटनामा आचार्य परिवारका ४ जना सदस्यको मृत्यु भएको थियो ।उनै दिवङ्गत आचार्य परिवारको सम्झनामा परिवारका सदस्य तथा शिक्षक नारायण आचार्यले अध्यापनरत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समग्र शैक्षिक वृत्तिविकासको लागि सो अक्षयकोषको स्थापना गर्नुभएको हो । कोषको रकम बराबरको चेक प्रधानाध्यापक नम बहादुर सिंह रानाभाटलाई हस्तान्तरण गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close