त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्यान्ड्सलाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डौ । नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियो । यो जितसँगै नेपालको ४ अङ्क भएको छ र फाइनल खेल्ने पक्का भएको छ । फाइनल खेल मङ्गलवार हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close