छत्रदेवमा खोप अभियानका लागि तयारी पुरा

सन्धिखर्क ।दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तर्गत छत्रदेव गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा वडा स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभियान गाउँपालिका वडा हुँदै समुदायमा प्रवेश गरेको छ ।

भोलीबाट लगाइने खोपको सम्पुर्ण तयारी पुरा भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो ।गाउँपालिका अन्तर्गतका लक्षित बालबालिकालाई खोप लगाउन आवश्यक खोप र खोपजन्य सामाग्री गाउँपालिका अन्तर्गतका भ्याक्सिन वितरण केन्द्रमा प्राप्त भए सङ्गै अभियानको तयारी पूरा भएको उहाँले बताउनुभयो । खोप ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई यही फागुन १७ गते सम्म लगाइदै छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close