नेपालमा एकै दिन ३ हजार ३ सय७० जनाले कोरोना जिते

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय७० जनाले कोरोना निको भएर डिस्चार्ज भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ हजार ३सय१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोभिड पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय९३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !