कार्यसम्पादनमा मूल्याङ्कनमा नेपालमै छत्रदेव गाउँपालिका ७ औं स्थानमा

सागर महत,सन्धिखर्क ।आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा प्रकाशित मूल्याङ्कनमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका देशभरका ७सय५३ स्थानीय तहको मूल्याङ्कनमा ५०.४४ अंक सहित सातौं स्थानमा परेको छ ।

आर्थिक वर्षको राजस्व ,व्ययको अनुमान गाउँसभामा पेश गरे–नगरेको, कार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा पेश गरी असार मसान्तभित्र पारित गरे–नगरेको विषय पनि समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले बताउनुभयो ।गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले आगामी दिनमा थप नतिजा सुधार गदैै जाने बताउनुभयो ।

यस्तै स्थानीय तहले घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर ,आगामी आर्थिक वर्ष को लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे–नगरेको, स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आर्थिक वर्ष २०७९/०८० को विनियोजित रकम अनुसार खर्चको पनि समावेश गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close