धारामा पानी थापेको भन्दै अर्घाखाँचीमा एक महिलालाई कुटपिट

सन्धिखर्क। मालारानी गाउँपालिका वडा नम्बर ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई धारामा पानी थापेको भन्दै स्थानीयले निर्घात कुटपिट गरेका छन् ।  धारामा पानी लिन गएका बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेको जनाएको छ ।

कुटपिटबाट घाइते प्रितिको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।पिडितको उजुरीका आधारमा रिजाललाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार विकको शरिरमा निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका चोट लागेको छ । रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै विकलाई गाली गलौज र गुटपीट गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close