पटुवाथुम भैरव समाज अर्घाखाँचीले सञ्चालन गरेको भैरवनाच तथा बार्षिक पुजा कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क १ मा रहेको पटुवाथुम भैरव समाज अर्घाखाँचीले सञ्चालन गरेको २०८० सालको भैरवनाच तथा बार्षिक पुजा कार्यक्रम आज पटुवाथुममा सम्पन्न भएको छ ।
समापन कार्यकममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कला र सस्कृतीको संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भयो ।

कला र सस्कृतीलाई युवा पुस्तामा पुस्तान्तरण आजको आबश्यक्ता भएको बताएका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वडा अधयक्ष माधव श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, रिसव अधिकारी, श्रृधर महत्रा, हुम प्रसाद बन्जाडे, नारायण खड्का, नेवा समाजका अगुवाहरु देवराज श्रेष्ठ, समाजसेवी तथा सस्कृती प्रेमी लिला गौतम, सहयोगी बिसी, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।
भैरव नाचलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम भैरव समाजका अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षता र ठाकुर प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close