पाणिनि वेद विद्याश्रमलाई ३० लाख रुपैयाँ अनुदान प्रदान

प्रेमनारायण आचार्य,अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्कमा रहेको पाणिनि वेद विद्याश्रमलाई पशुपति क्षेत्र विकास कोषले ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीको पहलमा पशुपति क्षेत्र विकास कोषले सस्कृत विषयको अध्यापन हुने पाणिनि वेद विद्याश्रमलाई अनुदान स्वरुप ३० लाख रुपैयाँ प्रदान गरेको हो । पशुपति क्षेत्र विकास कोषले प्रदान गरेको अनुदान रकम ३० लाखको चेक राज्यमन्त्री सिर्पालीले विद्यालयका प्रधनाध्यापक भेषराज चुदाँलीलाई हस्तान्तरण गर्नु भएको छ ।
हिन्दु समुदायका सबै कार्य, सस्कृति र सस्कारमा सस्कृत पढेका पंडितहरुको आबश्यक्ता पर्दछ । विकसित भनेर चिनिने राष्ट्रहरूले सस्कृत विषय र सस्कारको अध्ययन गरिरहे पनि हामी नेपालीले यसको ज्ञान बुझ्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्य मन्त्री सुशीला सिर्पाली ठकुरीले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम कृष्ण प्रसाद भुसालको अध्यक्षता, शिक्षक केशवराज आचार्यको सञ्चालन र भाग्येश्वरी भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !