४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाकाे विवाह गराएको आरोपमा ५ जना पक्राउ

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो ।

छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर शर्माले जानकारी दिनुभयो ।

गएको मङ्सिर २९ गते बालिकालाई उनकी सानीआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यो उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको इन्स्पेक्टर शर्माले बताउनुभयो । पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उहाँले बताउनुभयो । यो दफाअनुसार जबरजस्ती बालविवाह गर्नेरगराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close