अर्घाखाँचीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना र पाणिनी गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ९७ पुगेको छ भने हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ४३ जना पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २सय ९१ पुगेको छ ।
यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !