भुनपा १ का वडा अध्यक्ष खनाललाई मातृशोक,चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

प्रेमनारायण आचार्य,सन्धिखर्क । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल प्रसाद खनाललाई मातृ शोक परेको छ ।
नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि समेत रहेका गोपाल खनाल, तथा विष्णुप्रसाद खनाल, प्रेम खनाल, पदम खनाल र सुमन खनालकि ममतामयी माता उमकला खनालको ७४ बर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेसकी क्रियाशिल सदस्य समेत रहेकी खनालको पार्थिव शरिरमा नेपाली कांग्रेसले पाटीको चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । गच्छे घाटमा भएको श्रद्धाञ्जली सभामा कांग्रेसका पुर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसालले चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियोे ।
पार्थिव शरिरमा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल, कांग्रेस नेताहरु विष्णु क्षेत्री, बाबुराम भुसाल, हुम प्रसाद बन्जाडे, खडानन्द बेल्वासे, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे ।
श्रद्धाञ्जली सभा नेपाली कांग्रेसका क्षेत्रीय सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियोे ।
कमेन्ट गर्नुहोस !