अर्घाखाँचीका ५० हजार बढीले १६ वर्षको अवधिमा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिए

सागर महत,अर्घाखाँची ।आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०७९/८० सम्म अर्घाखाँचीमा वैदेशिक रोजगारमा जानका लागि ५० हजार ७ सय ८८ वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको सामी लुम्बिनी प्रदेशका ब्यवस्थापक पञ्चराम चौधरीले बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सुरक्षित आप्रवासन सहायता कक्ष उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै अर्घाखाँचीबाट आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा विभिन्न देशका वैदेशीक रोजगारमा गएका मध्य ५८ जनाको मृत्यु भएको छ ।रोजगकारीको लागि विभिन्न देशमा गएको उनीहरुको विभिन्न दुर्घटनामा मृत्यु भएको सामी ब्यवस्थापक चौधरीले बताउनुभयो । यस्तै सोहि अवधिकमा अंगभंग हुनेको संख्या ९ रहेको बताएको छ ।

अर्घाखाँचीको जनसंख्या

२०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । २०७९ मा घटेर १ लाख ७७ हजार ८६ रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close