अर्घाखाँचीमा पर्यटन प्रबद्र्धनको लोगो सार्वजनिक

अर्घाखाँची ।अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को लोगो सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको पर्यटन प्रबद्र्धन कार्यक्रमको लागि लागो आज सार्वजनिक गरिएको हो ।जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउनुभयो ।

“आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको बताउनुभयो । यो अभियानको लागि विभिन्न समिति पनि निर्माण गरिएको छ । पहिलो चरणमा जिल्लामा संचालीत मिडियामा काम गर्ने मिडिया क्रमी ५० जनालाई समेटेर अभियान सुरु हुँदै छ । माघमा यो अभियानले सार्थक पाउने छ ,त्यो भन्दा पहिले जिल्लाका ६१ वटा वडा र ६ पालिका मार्फत पर्यटक लाई जिल्ला सम्म ल्याउन सकिन्छ,भन्ने विषयमा अध्यान पनि गरिने र सबै क्षेत्रबाट राय सुझाव पनि ल्याउने कार्य हुने बताएको छ । कार्यक्रम उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) माघ १ गते आउने बताएको छ । सदरमुकाम सन्धिखर्कमा उक्त कार्यक्रम हुने जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close