मोतिपुर प्रशारण लाईनमा समस्या आएकाले अर्घाखाँचीका अधिकांश स्थानमा विद्युत अवरुद्ध

सागर महत,असार ३०सन्धिखर्क ।अर्घाखाँचीमा गएरातिदेखि विद्युत अवरुद्व भएको छ ।गए रातिको हावाहुरीले कपिलवस्तुको मोतिपुर नजिकैको १३२ के.भी. प्रशारण लाईनको टावरमा क्षतिपु¥याएकाले अर्घाखाँची वितरण केन्द्र अन्तर्गतका धेरैजसो स्थानहरूमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जनाएको छ ।
सम्भव भएसम्म वैकल्पिक रुटबाट विधुत सप्लाई गरिने प्रयास भैरहेको वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !