संस्कृत भाषाको उत्पती पाणिनि तपोभूमि संरचना निर्माण नहुँदा र प्रचारप्रसारको अभावका ओझेलमा

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनि तपोभूमिमा पर्याप्त संरचना निर्माण नहुँदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको र रचना भएको स्थान पाणिनि गाउँपालिकाको वडा नं.१ र २ पणेना र पोखराथोकको सिमानामा तपोभूमि पर्दछ । स्थानीयले यस क्षेत्रको संरक्षण गर्दै आएको स्थानीय नारायण पोखरेलले भनाइ छ । पाणिनी गाँउपालिकाको नाम पनि यही तपोभूमीको नामबाट रहन गएको हो।
हजारौ वर्ष पहिले पाकिस्तानको लाहोरवाट तपस्या गर्दै खिदिममा आएका पाणिनि ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गर्नुभएको थियो । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । छिमेकी जिल्ला पाल्पाको पनि सिमाना जोडिएकाले दिर्घकालीन रुपमा पर्यटकको गन्तव्य स्थान बन्दै जाने गाउँपालिका पुर्व अध्यक्ष अच्युत गौतमले बताउनुभयो। यस तपोभूमिबाट उत्तर फर्कदा हिमालयका हिमशृङ्खला, दक्षिण फर्कदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ ।
यसै क्षेत्रमा पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ । लुम्बिनी प्रदेश सरकारबाट बन्दै गरेको निर्माणाधिन सभाहल विगत केही वर्षदेखि अलपत्र अवस्थामा छ । यहाँका सडक पनि जिर्ण अवस्थामा छन् । हालसम्म यहाँ बास बस्नका लागि व्यवस्था छैन ।
पालिकाको मुख्य आम्दानीको श्रोत भएकाले गाउँपालिकाले यस वर्ष थप पुर्वाधार निर्माण गर्ने योजनामा रहेको पालिका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ । यो आर्थिक वर्षमा त्यस ठाँउमा खानेपानी पुर्याउने लक्ष्यमा पालिका रहेको उहाँले बताउनुभयो। सानो बजेटबाट यहाँको संमरचना निर्माण गर्न गाह्रो हुने अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।
यहाँका मन्दिर, पौवा पनि जीर्ण अवस्थमा रहेका छन ।पाणिनि तपोभूमिमा प्राकृतिक सौन्दर्य र विविधताले भरिएका क्षेत्रहरु संरक्षणको पर्खाइमा छन् । यस्तो ठाँउको विकासलाई पालिकाले पहिलो प्राथामिकतामा राखेमा पर्यटन व्यवसायमा टेवा पुग्नुका साथै रोजगारीको वातावरण समेत बन्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस !