सन्धिखर्कमा सरकारी कार्यालयको वार्षिक समीक्षा कार्यक्रम शुरु

प्रेमनारायण आचार्य,सन्धिखर्क ।अर्घाखाँचीका सरकारी कार्यालय तथा स्थानीय सरकारको वार्षिक समीक्षा कार्यक्रम सन्धिखर्कमा शुरु भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लामा रहेका संघीय, प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहले गत आर्थिक बर्ष २०७९/८० मा गरेका सेवा प्रवाह तथा विकास निर्माणको समिक्षा कार्यक्रम शुरु भएको हो ।
२ दिन सम्म चल्ने समिक्षा कार्यक्रमको सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुसिला श्रीपालीले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य विजुला रायमाझी, लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, छत्रदेव गाउँ पालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँ पालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, लगायत जन प्रतिनिधि संघ सस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहेको छ ।
आज सालझण्डी सन्धिखर्क ढोरपाटन सडा आयोजना, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, डिभिजन बन कार्यालय, संघिय खानेपानी कार्यालय, जिल्ला आयुर्वेद कार्यालय लगायतका कार्यालयले आआफ्नो प्रस्तुती गरेका छन् ।
कमेन्ट गर्नुहोस !