सन्धिखर्कको गच्छेगैरामा श्रद्धाञ्जली सभा सम्पन्न

प्रेमनारायण आचार्य,सन्धिखर्क।
नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वडा नम्वर १० को आयोजनामा गच्छेगैरामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
स्वर्गीय शिक्षक गिरबहादुर क्षेत्रीकी ममतामयी माता तथा नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि भगवता क्षेत्रीकी सासुआमा स्वर्गीय कृष्ण कुमारी रानाभाटको नवौ दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह महामन्त्री विष्णु प्रसाद खनाल ९मुस्कान०, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य शान्ता भण्डारी, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, कोषाध्यक्ष विष्णु क्षेत्री, क्षेत्रीय उपसभापति नारायण चुँदाली, कांग्रेस नेताहरु भेषबहादुर क्षेत्री, कमल बिक, सरस्वतीसिंह रानाभाट, उत्तमसिंह ठकुरी, नेपाल शिक्षक संघका शिव कुवर, एमालेका नेताहरु नारायण विसी, बलबहादुर विसी लगायतको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क १० का सभापति इश्वरी प्रसाद मरासिनीको अध्यक्षता र नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेम आचार्यको सञ्चालनमा
कमेन्ट गर्नुहोस !