कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरे

काठमाण्डौं ।नेपालका ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन्। उनी १३५ रन बनाएर क्रिजमा छन्।१८ औ ओभरको खेल चलिरहँदा नेपालले २सय६० रन बनाएको छ ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।
कमेन्ट गर्नुहोस !