एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

काठमाण्डौ । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई हराएको छ ।कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । यो जितसँगै भारत १ खेलमा २ अङ्कसहित सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ । २ खेल खेलेको पाकिस्तान २ अङ्कसहित तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close