आज आईसीसी विश्वकप क्रिकेटमा नेपाल जिम्बाब्वेबी संग खेल्दै

काठमाण्डौं ।आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज जिम्बाब्वमा सुरु हुँदैछ। नेपालले घरेलु टोलीसँग खेल्दै छ ।समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ। टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो ।
जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय १६ रनले पराजित भएको छ । नेपालले जिम्बाब्वेसँग सन् २०१८ मा खेलेको थियो । विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ ।
कमेन्ट गर्नुहोस !