टोपबहादुरको सांसद पद गयो

काठमाडौं ।नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो।

प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close