विदेशी शिक्षाले नेपालका उद्योग धन्दा बन्द भएः अध्यक्ष केसी

सागर महत,अर्घाखाँची ।

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले अमेरिका, बेलायत लगायतमा पढेर आएका ठुला बडाले यो देशका उद्योग कलकारखाना बेचेको बताउनुभएको छ ।

सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उद्योगहरु बन्दले देशको अर्थतन्त्रमा ठुलो असर पर्नुको साथै सरकारी विद्यालयको अवस्था दैनिक खस्किदै गएको छ भने निजी क्षेत्रबाट सञ्चालित विद्यालयको अग्रेजी माध्यमको शिक्षाले देशका करिब ५ सय युवा दैनिक विदेशिएको बताउनुभयो ।

यस्तै चितवन, तनहुँ र बारामा हुने मंसिर १० गतेको उपनिर्वाचन अमेरीकाले जित्ने हो कि भारतले जित्ने हो भन्ने अवस्था आएको बताउनुभएको छ । अमेरीकाले कुनै कारण बहस नेपाललाई प्रयोग गरे नेपाल युक्रेन हुने अध्यक्ष केसीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close