मही पार्ने मदानी बोलको गीत सार्वजनिक

वैशाख ०६ काठमाडौं दर्जनौं गीतहरुमा आवाज दिएका सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेको आवाजमा नयाँ गीत बजारमा आएको हो।नयाँ वर्षको सुभकामना सहित निकै राम्रो लोक दोहोरी गीत “महि पार्ने मदानी”को भिडियो सार्वजनिक भएको छ।
परदेशमा बसेर नेपाली गीत संगीत लाई औधि माया गर्ने सर्जक सन्तोष सुवेदिको लय सब्द र संगीतमा रहेको “महि पार्ने मदानी”बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। चर्चित गायिका लक्ष्मी खड्का र कृष्ण लामिछानेको स्वरमा सजिएको छ भने चर्चित निर्देशक मिलन श्रेष्ठले यस गीतलाइ निर्देशन गरेका छन्। चर्चित मोडल अनु पराजुली र सबुज मगरको राम्रो अभिनय हेर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस !