मोडलिङ्गमा जम्दै कविता, उनको नयाँ डान्सिङ्ग गीत सार्वजनिक

अभिनव चौहान/ काठमाडौं।
कविता न्यौपानेको डान्स र अभिनयमा “मार्यो मार्यो” बोलको नयाँ गीत सार्वजनिक भएको छ।स्याङ्जाको जैपाटीमा जन्मिए सानो उमेरमै आफ्नो परिवारसँग बसाइँसराइ गरेर बुटवलमा आएकी कविताले यतिबेला नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै छिन।

बुटवलमा बस्न शुरु गरेपछि सानो उमेर देखि नै ऊनी डान्समा रुचि राख्ने तथा डान्स सिक्ने काम शुरु गरेको बताउन्छिन।बुटवलको ट्राफिक चोकमा बस्दा बागेश्वरी संगीतालयमा डान्स सिक्ने तथा सिकाउने काममा समेत अघाडी थिइन्। पछिल्लो समय आफ्नो कलालाई व्यवसायीक रुपमा अघाडि बढाउनको लागि काठमाडौंमा बस्न थालेपछि निरन्तर रुपमा म्युजिक भिडियोहरु बजारमा आउन थालेका छन्।त्यसैगरी भर्खरै मात्रै “मार्यो मार्यो” बोलको गीत उनको र शंकर बिसिको डान्स तथा अभिनयमा सार्वजनिक भएको छ। लोक प्रिय चर्चित डान्सर तथा निर्देशक शंकर बिसिको निर्देशन,अभय ढुंगेल र रेस्मा सुनुवारको आवाज,अभय ढुंगेलकै लय/शब्द सिर्जना, दुर्गा पौडेलको छायांकन त्यसैगरी नवीन घर्ती मगरको सम्पादनमा गीत सार्वजनिक भएको हो। यस गीतमा शंकर बिसि र कविताको डान्स तथा अभिनयलाई सबैले प्रसंशा गरेको पाईन्छ।

यसरी सरासर हेर्दा गीत संगीतको लागि चाहिने कला र उनले अरु सबैसँग गर्ने नम्र व्यबहारले गर्दा यस क्षेत्रमा कविताको भविष्य राम्रो देखिन्छ। आर्टिष्ट नेपाल (artist nepal)को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close