आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । खेलमा घरेलु टोलीलाई १४ रनले हराउँदै मुम्बईले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close