लुम्बिनी प्रदेश मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी वैशाख ११ गते विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा लगायतका दलले समर्थन फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभा सचिवालयले वैशाख ११ गते बिहान ११ बजेका लागि बैठक बोलाएको छ ।
उक्त बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने बताइएको छ ।लुम्बिनीमा काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाई सकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ ।
कमेन्ट गर्नुहोस !