नेपाली कांग्रेस भुनपा ९ द्वारा भित्तेपात्रो बिमोचन

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ नेपाली कांग्रेस ढिकुराको आयोजनामा आउँदै गरेको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो बिमोचन गरिएको छ ।पात्रोको नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बिमोचन गर्नुभएको हो ।
सबैको घर घरमा पुर्याउने उदेश्य साथ क्यालेन्डर बिमोचन गरिएको छ ।बिमोचन कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले संगठन बिस्तारका लागि सबै पालिकामा पदाधिकारीको नेतृत्वमा सबै वडाको काग्रेसको संगठनको अवस्था बुझ्न् र त्यहाँका आवश्यकता के के छन् तिकुराको जिल्ला पार्टीमा लिखित प्रतिबेदन पेश गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेस सदस्य शान्ता भन्डारी ,उपसभापति विष्णु भुसाल ,सचिव कृष्णप्रसाद खनाल ,भुमिकास्थान नगरपालिका कांग्रेस सभापति खडान्द बेल्बासे ,महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे ,जिल्ला सदस्य सुर्य भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
पार्टी वार्ड सभापति रामप्रसाद घिमिरेको अध्यक्षता, डाल बिक्रम शाहीको स्वागत मन्तब्य सचिव लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !