सन्धिखर्कमा मजदुरी गर्ने वीर बहादुर मगर (एफएमको नसा) सदाका लागि अस्ताए

सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विगत ३० वर्षदेखि मजदुरी गर्दै आएका वीर बहादुर मगर (एफएमको नसा) को मृत्यु भएको छ ।बागलुङमा को देबिस्थानमा जन्म भै बिगत ३०बर्ष देखि सन्धिखर्क १ मा बस्दै आएका मगरको आईतबार निधन भएको हो ।भारी बोकेर पनी रेडियो सुन्दै र रेडियोका फोनिङ कार्यक्रममा सहभागी हुँदा वीर बहादुर मगर (एफएमको नसा)शान्ती बँगैचाबाट सहभागी भएको बताने गर्दथिए ।

ढाडमा करिव ५० किलोको गरुंगो भारी बोकेपनी रेडियो सुन्दै देश दुनियाँको हरेक सूचना लिने र गित गाउने जस्ता क्रियाकलाप उनका दैनिकी थिए ।बिसौ वर्ष के बि फलफूल पसलमा काम गर्दै आउनु भएको र पछिल्लो पटक उहाँ शान्तिबगैंचा नजीक सार्बजनिक सौचालयको ब्यबस्थापनमा रहेर आफ्नो जिम्मेवार बहन गर्नु भएको थियो।

एक महिना अघि बिरामी परेर जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि स्थानीय उमेश घिमिरे लगायतको पहलमा उपचारको लागि बुटवल लगिएको उपचारपछि गृह जिल्ला बागलुङमा फर्किएका रानाको घरमै मृत्यु भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close