पाणिनी गाउँपालिका वडा नम्बर ६ मा एक हजार दिने आमाहरुलाई क्याल्सियम वितरण

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ ।गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पोषणयुक्त सामाग्रिअन्तर्गत १ क्यारेट अण्डा, बच्चालाई सरसफाइमा सहयोग पुर्याउन नरम टावेल महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण कार्यक्रम सम्पन्न भएको छ । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्रि स्वास्थ्य संस्था घोषणा गर्ने वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !