अर्घाखाँचीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, भूमिकास्थान प्रथम

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।सम्पन्न प्रतियोगितामा ६ वटै पालिकाबाट खेलाडीहरु सहभागी भएका हुन् । प्रतियोगितामा प्रथम हुँदै ११ अंकसहित भूमिकास्थान नगरपालिकाले शिल्ड प्राप्त गरेको जिल्ला खेलखुद विकास समिति अर्घाखाँचीले जनाएको छ ।

९ अंक सहित दोस्रो सन्धिखर्क नगरपालिका भएको छ । शितगंगा नगरपालिका ६ अंक प्राप्त गरेर तेस्रो भएको हो। भलिबल, रिले दौड, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्यावलिङ्गथ्रो र कबड्डी गरी १० वटा विधामा छात्र र छत्रालाई प्रतिस्पर्धा गराइएको थियो ।

जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेश स्तरीय रनिङ शिल्डमा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close