उत्कृष्ट पुरस्कार राशीको अर्घाखाँची प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुँदै

सागर महत,,अर्घाखाँची ।
अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजनामा आउँदो माघ १ गतेदेखि सन्धिखर्कको टुडिँखेलमा प्रतियोगिता गर्न लागिएको संघका जिल्ला अध्यक्ष ऋषीकेश भट्टराईले जानकारी दिनुभयो ।


पाँचौ चरणको खेल अन्तर्गत ४ टिमको सहभागी रहने छ । जसमा प्रथम पुरस्कार १ लाख दृतिय पुरस्कार ५० हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल समेत प्रदान गरिने पत्रकार सम्मेलनबाट उहाँले जानकारी दिनुभएको हो ।
खेलकुद क्षेत्रलाई अझबढि विकसित गरि अगाडी बढाउने संस्थाको मुख्य उदेश्य रहेको भन्दै खेलकुदलाई सबैले सहयोग र समर्थन गर्न आग्रह समेत गर्नुभयो ।खेलमा विभिन्न बिधाहरुमा समेत आर्कषक पुरस्कारको व्यवस्था गरीएको भट्टराईको भनाइ छ । प्रतियोगीतामा सुपर सुपा इलाभेन ,सौजन्य समाज किमडाँडा, इलाभेन ब्रदर्श डिभर्ना रोयल सन्धिखर्कको टिमको सहभागी हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close