अर्घाखाँची महोत्सवको तयारी पुरा

सन्धिखर्क ।अर्घाखाँचीमा संचालन हुने पाँचौं अर्घाखाँची महोत्सवको तयारी पुरा भएको बताईएको छ ।भोली माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुराभएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयो ।सन्धिखर्क १ को कुडुँले फाटमा लाग्ने महोत्सवमा करिब ४ सय स्टल राखिने भएको छ । जसको तयारीको काम पनि भएको बताईएको छ ।अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो ।

यस पटकको महोत्सवलाई व्यापार व्यवसायको प्रवर्द्धनसँगै कला संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । जिल्लाको संस्कृति, वेशभूषा र परम्पराको संरक्षण गर्दै महोत्सको वउद्घाटनको दिन विभिन्न झाँकी समेत समावेश गरिने भएको छ । कार्यक्रमको एमाले सचिव टोपबहादुर रायमाझीले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । उदघाटन गर्न प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड आउने भनिएता पनि विविध कारण बहस स्थगीत भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close