अर्घाखाँचीमा निर्वाचनमा खटिने ४ सय भन्दा बढी कर्मचारीलाई तालिम

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएको छ ।२ दिनसम्म संचालन भएको तालिममा निर्वाचनमा खटिने कर्मचारीहरूले गर्नुपर्ने काम कर्तव्य, अधिकार र जिम्मेवारीका सन्दर्भमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तालिम दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवि अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको एक र प्रदेश सभाको २ वटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ९७ मतदान स्थलमा २ सय २ मतदान केन्द्र रहेका उहाँले बताउनुभयो । मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४ सय ४ जनालाई तालिम दिएको उहाँले बताउनुभएको छ ।कार्यक्रम पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close