कांग्रेस घोषणा पत्र ६५ वर्षमै भत्ता, ३ वर्षमुनि र ७३ वर्षमाथिका उपचार निःशुल्क

काठमाण्डौं ।नेपाली कांग्रेसले लोकप्रिय कार्यक्रमहरु समेटेर घोषणापत्र सार्वजनिक गरेको छ ।शनिबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं घोषणापत्र मस्यौदा समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसमिति संयोजक स्वर्णिम वाग्ले लगायतले ५२ पेजको घोषणापत्र सार्वजनिक गरिएको छ ।
‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रमा अति महत्वाकांक्षी वाचाहरु गरिएको छैन । तर ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क सक्ने लोकप्रिय कार्यक्रमहरु भने थुप्रै अघि सारेको छ ।
यस्तै ५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन, अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने, साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लगायतका कार्यक्रम घोषणा पत्रका सार्वजनिक गरिएको छ ।
कमेन्ट गर्नुहोस !