सन्धिखर्कमा सरसफाई कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको नेतृत्वमा सदरमुकाम सन्धिखर्कमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।
फोहोर थुप्रिए पछि सन्धिखर्क १ को,टुडिखेल ,सरकारी कार्यालय लगायतको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए।सरसफाईमा ब्यापारी, बुद्धिजीवी, सुरक्षाकर्मी, कर्मचारी लगायत बजार बासिहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस !