अर्घाखाँची महोत्सव सुरु,स्थानीय उत्पादनको बजारीकरण गर्न जरुरी रहेको सुदुरपश्चिम प्रदेश प्रमुख मियाँको भनाइ

सन्धिखर्क ।अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आजबाट सुरु भएको छ । महोत्सवको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सन्धिखर्कमा एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले आगामी महोत्सवमा जिल्लाका सबै व्यवसायीहरुलाई समेटेर महोत्सव आयोजना गर्न आग्रह गर्नुभयो।आफ्नो गृहजिल्ला अर्घाखाँची भएकाले पनि यहाँको खास उत्पादनको पहिँचान गरी बजारीकरण सम्ममा महोत्सवको ठुलो भुमीका रहने भएकाले आयोजकलाई ध्यान आकर्ष गराउँदै यसमा आफु पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।


स्थानीय उत्पादनलाई प्रवर्धन कला संस्कृतीको संमरक्षण र पर्यटकिय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्य सहित छैठौं अर्घाखाँची महोत्सव संचालन गरिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।मेलामा ३सय५०स्टल रहनेछन् ।जसमध्ये ५०वटा स्टलमा अर्घाखाँचीको स्थानिय उत्पादन राख्ने बताइएको छ।मेलामा करिव ५०हजार दर्शकले अवलोकन गर्ने छ्न भने ५करोडको कारोबार हुने अध्यक्ष मिश्रले बताउनुभयो ।महोत्सव माघ १२ गते सम्म संचालन हुने छ ।

महोत्सवमा अर्घाखाँचीको भजन,भैलो,पन्चेबाजा,लाखे नाँच लगायतको पस्तुती समेत राखिएको थियो ।कार्यक्रम उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता उपाध्यक्ष साजन ओलीको स्वागत मन्तव्य महासचिव तुल्सीराम खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close