सन्धिखर्कमा खोरमा पसेको चितुवाको उद्वार

सागर महत /अर्घाखाँची । सन्धिखर्क नगरपालिका–४ को अमलडाँडास्थित जंगलको खोरमा परेको चितुवालाई उद्वार गरिएको छ ।जेठ १२ गते गुल्मी घर भई मावली घर बस्ने सोही ठाँउका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

त्यसैले त्यस क्षेत्रमा जोखिम रहेकाले सुरक्षा प्रदान गर्न स्थानीयले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेका थिए ।स्थानीयले आफ्नो सुरक्षाको लागि खोरमा बाख्रा राखी चितुवा नियन्त्रण गर्ने प्रयास गरेका थिए । सोही बमोजिम चितुवा खोरमा परेको थियो ।

चितुवाको डिभिजन कार्यालय, प्रहरी, स्थानीयको पहमा सुरक्षित उद्वार गरि डिभिजन वन कार्यालय अर्घाखाँचीमा राखिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close