अबदेखि आइतबार बिदा नहुने

काठमाडौं । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय पुनः हटाएको छ ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो । तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो ।

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै आज मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

मन्त्री खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close