नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा

काठमाण्डौ । आज जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ।२०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै विनाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत पनि मारिएका थिए।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।नारायणहिटी दरबार अहिले सङ्ग्रहालयका रुपमा रहेको छ । सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ पनि नागरिकका लागि खुला राखिएको छ ।
कमेन्ट गर्नुहोस !