संविधानको रक्षा गर्नको लागि गठबन्धन भएको होःनेतृ क्षेत्री

अर्घाखाँची ।गठबन्धन संविधानको रक्षा गर्नको लागि भएको नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताउनुभएको छ । छत्रदेव गाउँपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभा लाई सम्बोधन गदै क्षेत्रीले यस्तो बताउनुभएको हो ।आम जनताको रगत ,पसिनाको बलले लिएको संविधान लाई नेकपा एमालेले दुर्घटना तर्फ लैजाने क्रममा आज गठबन्धनले रोक्न सफल भएको बताउनुभएको छ ।
यस्तै जनता लाई बिच बाटोमा छोडेर संविधान मासिसक्दा रोक्न सफल भएका छौं,संविधान मास्ने लाई भोट माग्ने अधिकार नभएको समेत दाबी गर्नुभएको छ ।वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरु माथि आम जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
छत्रदेवमा यस पालि पनि कांग्रेसले विजय हुने समेत बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेद्धार इन्दिरा भुसाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !