देउराली यातायात अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा निःशुल्क स्वास्थ शिविर हुँदै

सागर महत,अर्घाखाँची । देउराली यातायात अर्घाखाँचीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ शिविर हुने भएको छ ।सदरमुकाम सन्धिखर्क १ गुन्टे खोलामा रहेको कार्यालयको भवनमा आउदो शनिबार १३ गते शिविरको आयोजना गरिएको देउराली यातयात प्रा.लि अर्घाखाँचीका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिनुभयो । शिविरमा मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलको प्राबिधिक सहयोगमा एक दिने बिशेषज्ञ डक्टर सहितको निशुल्क स्वास्थ शिबिरको आयोजना गरिएको उहाँले बताउनुभयो ।शिविरमा फिजिसियन सेवा,हाडजोर्नी तथा नसारोग सेवा,स्त्री तथा प्रस्तुति रोग सेवा नाक कान घाँटी रोग सेवा,सर्जरी बिषेशज्ञ सेवा र मुत्ररोग बिषेशज्ञ सेवा रहने अध्यक्ष बन्जाडेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो ।
कार्यक्रमा देउराली यातायात प्रा.लि अर्घाखाँचीका निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर खड्का लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !