एमालेले किल्ला ठान्ने मालारानीमा गठबन्धनले जित निकाल्छः सचेतक क्षेत्री

अर्घाखाँची । २०७४ सालको स्थानीय तहमो निर्वाचनमा मालारानी गाउँपालिका प्रमुख उपप्रमुख नेकपा एमालेले जित हासिल गरेको पालिकामा आउदो वैशाख ३० गते हुने निर्वाचनमा संयुक्त गठबन्धनले जित हासिल गर्ने कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताउनुभएको छ ।
आज मालारानी ५ बाँगीको गुरासेमा चुनावी सभामा बोल्दै क्षेत्रीले यस्तो बताउनुभएको हो ।यस्तै चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्ने प्रति जनता सचेत भएको बताउनुभयो । गठबन्धनको तर्फ बाट पालिका अध्यक्ष पदम क्षेत्री र उपाध्यक्ष पदमा सोभाखर खनाल रहनुभएको छ ।उहाँले जित्ने आधार बनाइसकेको समेत बताउनुभयो ।
यता ५ नम्बर वडामा गठबन्धनको तर्फ बाट विष्णु प्रसाद आचार्य लगायतका उम्मेदवार हरु रहेकाले भारी मतका साथ जित हासिल समेत गर्ने बताउनुभयो ।सबै भन्दा बढी चासोका साथ हेरिएको वडामा जो १० वर्ष देखि समाज सेवामा रहेर जनताको काम गरेको छ। उसैको जित हुने समेत दाबी गर्नुभएको हो ।
कार्यक्रमा पाँचदलिय गठबन्धनका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !