अर्घाखाँचीको सन्धिखर्कमा रोपाइँ जात्रा मनाइयो

सन्धिखर्क।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रोपाइँ जात्रा मनाइएको छ ।१०८ पञ्चायन मन्दिर शान्ती बगैँचाको आयोजनमा रथयात्रा तथा रोपाइँजात्रा सदरमुकाम सन्धिखर्कमा असारे रोपाइँको झल्को दिने गरी रोपाइँजात्रा सम्पन्न भएको छ ।
शान्ती वगैँचावाट बाजागाजासहित निकालिएको रथयात्रा तथा रोपाई जात्राले पनी सन्धिखर्क बजार परिक्रमा गरेको थियो ।सयौंको सहभागिता रहेको र रोपाइँ जात्रामा पञ्चे बाजाको तालमा गोरु जोत्ने, खोक लगाउने, धान रोप्ने गर्नुका साथै रोपाइँमा गाइने वालीगीत गाएर महिला तथा पुरुषहरु छमछमी नाचेका हुन ।
रोपाइँ जात्रामा छाता ओडेर अगि पछि सहयोगी राखेर रोपइँ हेर्ने साहु, पुलिस, नोकर चाकर ,जोगी, बाउसे बन्नुका साथै स्थानीय भजन किर्तन समेत गरी दर्शकलाई भरपुर मनोरञ्जन दिलाउनुका साथै छमछमी नचाएको हो ।यस्तै सन्धिखर्क १२ को डिभर्नामा पनि विविध कार्यक्रम गरेर मनाइएको छ ।
कमेन्ट गर्नुहोस !