मालारानी बाँगीका युवा भारतको करनाल बाट ८ महिना अघिदेखि बेपत्ता

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी पलासपाटा (साबिक बाँगी ७ ) का रेम बहादुर महत ८ महिना देखि बेपत्ता हुनुभएको छ । रोजगारीको लागि भारतको करनाल जानुभएका महत ८ महिना देखि परिवारको सम्पर्कमा नआएको उहाँका अकंलका छोरा पदम महतले जानकारी दिनुभयो ।यस्तै रेम बहादुर कि श्रिमती बसन्ता महतले सबै तर्फ बाट खोजिदिन आग्रह गर्नुभएको हो ।करिव २० वर्ष देखि रोजगारिका लागि भारत बाट नेपाल आउने जाने र भारतमा पनि छिमेकी संग सम्पर्कमा रहनुभएका रेम बहादुर गत बैशाख अघि नेपालमा आउनुभएको थियो। त्यसपछि रोजगारीका लागि भारत जानुभएको थियो ।परिवार श्रोतले विभिन्न माध्यम बाट सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन ।नसकेको बताइएको छ । निजका एक श्रिमती,एक छोरा,एक छोरी रहेका छन ।फेला पार्नुृ हुने व्यक्तीले पदम महतको सम्पर्क नम्बर ९८४३५५७२४५ अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close