कैदी बन्दीलाई अचार बनाउने तालिम सन्धिखर्कमा सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ।
कारागार बन्दी जीवन बिताउदै आएका लाई सिप सिकेर आत्म निर्भर हुनको लागि ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागीता जनाएका थिए भने ६ प्रकारका फरक फरक आइटमको अचार बनाउने तालिम दिएको कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सकारात्मक सोच र केही गरेर देखाउँछु भन्ने ऊर्जाका साथ आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न समेत आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक उम्मर बहादुर थापाले कारागारभित्र वा बाहिर गएपछि पनि सीपको सक्दो उपयोग गर्न सुझाव दिनुभयो ।
बन्दी कमल भुसालका अनुसार थप सिपमुलक तालिम दिएमा आफुहरु लाई नकारात्मक सोचहरु हटेर जाने बताउनुभएको थियो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रमुख नुमलाल पन्थी लगायतको सहभागीता रहेको थिए ।तालिममा सहभागीहरु लाई प्रमाण पत्र समेत प्रदान गरिएको घरेलु कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताउनुभयो । तालिमको प्रशिक्षण रुक्मणी पराजुलीले गर्नुभएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close