एमाले अर्घाखाँची जिल्ला अधिवेशनको तयारी पूरा

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।आज सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रचार प्रसार उपसमितिले अधिवेशनको तयारी बारे जानकारी गराएको थियो।

पौष २३ गते सन्धिखर्कमा हुने अधिवेशनको पहिलो दिन उद्घाटन सत्र हुने र त्यसपछि बन्द सत्र सुरु हुने बताएको छ ।२४ गते सम्ममा अधिवेशन सम्पन्न हुने बताएको हो।कार्यक्रमको उद्घाटन एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले गर्ने समेत बताइएको छ ।
प्रचार प्रसार उप समितिका संयोजक प्रेम नारायण गैरेको अध्यक्षता र सदस्य शोखाखर पन्थीको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा अधिवेशनको तयारी बारे जानकारी गराइएको थियोे ।
अधिवेशनमा सन्धिखर्कबाट ९९, मालारानीबाट ७२, सितगंगाबाट ६८, पाणिनिबाट ६४, भुमिकास्थानबाट ६१, छत्रदेवबाट ५६, शाखाबाट १५, आयोजक कमिटी १००, मनोनित २७ गरि कुल ५६३ प्रतिनिधि सहभागि हुनेछन् । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीको निर्माण गर्नेछ ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत केवि भुसाल, खाद्य व्यवस्थापन उपसमिति संयोजक युवराज श्रेष्ठ, स्वयंसेवक परिचालन उप समिति संयोजक खुवीराम आचार्य, मञ्च तथा ध्वनि व्यवस्थापन उप समिति संयोजक श्रीकृष्ण भुसाल, प्रतिनिधि व्यवस्थापन उप समिति संयोजक लिलबहादुर विकले अधिवेशन तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close