स्थानीय तह अपाङ्गता भएका बालबालिकाको उपचारमा थप जिम्मेवारी हुने समय आयोःसांसंद घिमिरे

सागर महत /अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँची शाखाको ५ वर्षको अवधि सकिएको छ । जुन सस्थाले जिल्लामा रहेर शारिरिक अपाङ्गता भएका बालबालिका लाई उपचार गदै आएको थियो ।सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसंद रामजी प्रसाद घिमिरेले सस्थाको अवधि सकिएकाले त्यसको थप जिम्मेवारी स्थानीय तहले लिनु पर्नेमा जोड दिनुभएको छ ।विशेष गरि उपचार गराई रहेका बालबालिका लाई निरन्तर उपचारको लागि केन्द्र देखि जिल्ला तहको जिम्मेवारीमा आफु प्रदेशको मातहतमा लाग्ने तथा स्थानीय तह पनि सोहि बमोजिम लागि परि उनीहरुको अधिकार प्राप्ती गर्न लागी पर्ने बताउनुभयो ।यस्तै समन्वय र सहकार्यमा एक जुट हुन स्थानीय तह लाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आग्रह गर्नुभयो ।
यस्तै पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले आफ्नो पालिकामा अधिकार प्राप्त गर्नको लागि आफु लाग्न तयार रहेको बताउनुभयो ।परियोजना संयोजक हिरा बहादुर केसीले ५ वर्षको अवधिमा भएका गतिविधि तथा केन्द्रिय कार्यालय काठमाण्डौं बाट सेवा प्रवाह बारेमा प्रष्ट पार्नुभएको थियो । ५ वर्षको अवधिमा जिल्लामा १८ वर्ष भन्दा मुनिका ३ सय ६६ जना शारिरिक अपाङ्गता भएका बालबालिकाले उपचार पछि नयाँ जिवन पाएको र दैनिकीमा परिवर्तन भएर व्यक्ति सक्षम भएको संस्थाको गतिविधि प्रस्तुतीको क्रममा अर्घाखाँची सुपरभाइजर सुमन ढुंगानाले जानकारी गराउनुभएको थियो । शारिरिक अपाङ्गता भएका बालबालिकाको तर्फबाट भनाई राख्ने अधिकांश बालबालिकाले स्थानीय तहले विकासे बजेट बाटोमा मात्र लगाउने गरेको भन्दै अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिये । कार्यक्रममा रुपन्देही सुपरभाइजर लेखनाथ आचार्य,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले मन्तव्य राखेको कार्यक्रममा प्रहरी नायब उपरिक्षक अमर बहादुर थापा,सन्धिखर्क नगरपालिका शाखा अधिकृत मन्जु खनाल लगायतको सहभागीता रहेको समिक्षा कार्यक्रमको संचालन परियोजना सहायक रक्षा पाण्डेको गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !